तेस्रो मनहर्वा गोल्डकप २०८० टाईब्रेकरमा चितवनलाई हराउदै वीरगञ्ज विजयी

रञ्जन यादव
376 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत सोमबारको खेल जीत निकालेको छ ।

वीरगञ्ज युनाईटेड पर्साले हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी. चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछी टाईब्रेकरबाट नतिजा निकालिएको हो ।

टाईब्रेकरमा वीरगञ्जका तर्फबाट ५ र हनामी चितवनले ४ गोल भएको थियो । खेलको पहिलो हाफमा हनामी र यूनाईटेडले बाराबरी दुईदुई गोल गरेका थिए ।

खेलको २० औं मिनटमा हनामीका लागि जर्सी नं.११ का रोशन क्षेत्रीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै ३४ औं मिनटका वीरगञ्ज ंयूनाईडका खेलाडी जर्सी नम्बरं.११ कै अमर डंगोलले गोल फर्काए ।

एक एक गोल गरेका दुबैटिमका खेलाडी नतिजा आफ्नो पक्षमा पार्न हौसिएका बेला पुनः हनामी चितवनका तर्फबाट ३८ औं मिनटमा गणेश हमालले टिमका लागी दोस्रो गोल गरे । आक्रमक देखिएको हनामीले समालीएर खेल्न नसक्दा ४३ औं मिनटमा वीरगञ्ज ं यूनाईटेडको दोस्रो गोल खान पुग्यो । यूनाईडका लागि उदित चौधरीले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । योसँगै पुनः खेल बराबरीमा गयो ।

खेलको पहिलो हाफमा दुई गोलको बराबरी खेलेका हनामी र यूनाइटे दोस्रो हाफमा रक्षात्मक बनेका थिए । दुई पक्षले दोस्रो हाफ गोल रहित बराबरी खेलेपछी अन्तत नतिजाका लागि खेल ट्राईबेरमा लगिएको थियो ।

दुबैटिमबाट ५÷५ बल प्रहारको मौका पाएपनि हनामी चितवनका रोशन क्षेत्रीले गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट बाहिर गएको थियो । टाईब्रेकरमा हनामीका लागि सन्दीप सेन्चुरी,विकेश मगर,सुरज क्षेत्री र गणेश हमालले ४ गोल गरेका थिए ।

यसैगरी वीरगञ्ज यूनाईटेडका लागि श्याम चौधरी,विपिन मगर,रन्जय चौधरी,विशाल खड्का र सागर चौधरीले एकएक गोल गर्दै जीत आफ्नो फोल्टामा पार्न सफल भए ।

सोमवारको खेलमा जित निकालेको टिम सेमिफाईनल प्रवेश गरेको छ । वीरगञ्जं यूनाईटेडले आयोजक मौवादेवी यूवा क्लबसँगको भेट पक्का गरेको छ । मौवादेवी गत शनिबारको उद्घाटन खेलमा एन.वाई.सी. हरिवन सर्लाहीलाई पराजित गर्दै सेमीफाईन पुगेको छ । यी दुईटिम विलको पहिलो सेमीफाईनल खेल माघ १७ गते हुने छ ।

आजको खेलमा हनामी बि.एफ.सी.का खेलाडी जर्सी नं.११का रोशन क्षेत्री मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार ५ सय पुरस्कार प्राप्त गरे । उनलाई स्थानिय सर्वसुलभ साकोसका अध्यक्ष विमलराज भारतीले पुरस्कार प्रदान गरेका थिए ।

मंगलबारको खेल बागमती यूवा क्लब सर्लाही र नवदुर्गा यूवा क्लब सिमरा बारा विच हुने छ ।

Leave a review

This will close in 0 seconds