Sajhedari Daily
Latest News from Nepal

मुुसैलीमा नेपाली काग्रेसको चियापान कार्यक्रम

रञ्जन यादब/
बिरगंज महानगरपालिका वडा नं.२९ मुुसैलीमा नेपाली काग्रेसको चियापान कार्यक्रम सम्पन्न भएको छ ।पुुर्ब गा.बि.स अध्यक्ष तथा नेपाली काग्रेसका प्रतिनिधि सभा सदस्य मदन प्रसाद यादबले आयोजना गर्नुुभएको चियापान कार्यक्रममा नेपाली काग्रेसका उपसभापति बिमलेन्द्र निधि र केन्द्रिय सदस्य तथा पुुर्ब स्वास्थ्य मन्त्री गगन थापाको बिशेष उपस्थिती रहेको थियो ।

चियापानमा पर्सामा नेपाली काग्रेसको अवस्था , बिद्यमान राजनैतिक समस्या र नेपाली काग्रेसको भाबी रणनितीको बिषयमा केन्द्रिय नेताहरुसँग छलफल भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका नेताहरु चित्रलेखा यादब ,पुुर्ब सभासद अनिल रुङ्गटा ,फर्मुुल्लाह मंसुुर,अजय कुुमार चौरसिया ,नेपाली काग्रेसका पर्सा जिल्ला सभापति अजय द्धिबेदी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।