कलैया उपमहानगरपालिका वडा नम्बर २७ मौजेरामपुरको ५१ घरपरिवार खानेपानीबाट बंचित भएका छन् । एैलानी जग्गामा रहेको चापाकलमा ५० घरपविार दलित समुदाय र एक घरपरिवारका चौधरी समुदायकाले सो चापाकलमा पानी खादै आएकोमा स्थानिय बिजय खतिवडाले सो चापाकल उखालेर पालेपछि ती बस्तीका स्थानियहरु पानी खानबाट बंचित भएको स्थानिय ममता चौधरीले जानकारी दिनुभयो ।
उखालेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा निवेदन प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित समेत दिएको चौधरीले जानकारी दिनुभयो । यता बिजय खतिवडासंग सम्पर्क हुन नसक्दा उनको प्रतिक्रिया भने आउन सकेन ।