चौरानव्वे केजी काँचो सु्पारी बरामद

साझेदारी दैनिक
336 पाठक संख्या

भारतबाट भन्सार छली ल्याएका सुपारी सहित बिभिन्न सामानहरु पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले भन्सार छली ल्याइएको ९४ केजी काँचो सुपारीसहित सामानहरु बरामद गरेको हो ।वीरगञ्ज महानगरपालिका १६ बसपार्कमा जाँच गर्नेक्रममा उक्त सामानहरु वेवारिसे अवस्थामा रहेको फेला पारेको हो ।

प्रहरीले ति सामान नियन्त्रणमा लिएको छ ।बरामद सामानहरुमा नक्शा प्रिन्ट गर्ने एक थान मेसिन समेत प्रहरीले बरामद गरेको छ ।

साडी लेडिज कसर्ता सुरुवाल २० जोर जुत्ता समेत बरामद गरेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

बरामद सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले बताए ।

Leave a review