सफाइ पाएपछि वीरगञ्जका मेयर सिंहले गरे पुनः पदभार ग्रहण

साझेदारी डेलि
20 पाठक संख्या

वीरगञ्ज । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पुनः पदमा फर्किएका छन्।

नागरिकतासम्बन्धी विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा रहेका सिंहलाई विशेष अदालतले सोमबार सफाइ दिएको थियो। अदालतको फैसलापछि निलम्बन फुकुवा भएपछि उनी बुधबार महानगरपालिकाको कार्यालय पुगेका हुन्।

कार्यालय पुगेका मेयर सिंहले आफ्नो कार्यकक्षमा धार्मिक विधिअनुसार पूजापाठ गरेपछि औपचारिक रूपमा पदभार सम्हालेका छन् । त्यसक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समर्थकहरूले उनलाई स्वागत गरेका थिए।

पदभार ग्रहणपछि सिंहले महानगरपालिकाको नियमित कामकारबाहीलाई निरन्तरता दिएका छन्।

Leave a review