सप्तरीको कोशी पम्प चन्द्र नहर सिंचाई ब्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रदिप बान्तवालाई सूचना लुकाएको आरोपमा दिनभित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।
पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदन माथि सूचना आयोगले यस्तो आदेश दिएको हो ।
आयोगका कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको माघ २५ गते बसेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
पत्रकार यादवले आर्थिक वर्ष ०७९÷०८० र हाल सम्ममा सम्पन्न भएका स्थान समेत उल्लेखित सबै योजनाहरुको आर्थिक सहितको भौतिक प्रगति विवरणको माग गरेका हुन् ।
उनले प्रक्रियाको आवश्यक कागजातको माग गरेका हुन् । आर्थिक वर्ष ०७९÷०८० र हाल सम्ममा कार्यालयमा खरिद गरिएको सरसमानको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजातको समेतको माग गरिएको हो ।
आर्थिक वर्ष ०७९÷०८० र हाल सम्ममा मर्मतमा खर्चिएको बजेट विवरण सहित प्रक्रियाको आवश्यक कागजात माग गरिएको हो । आर्थिक वर्ष ०७९÷०८० र हाल सम्ममा खर्चिएको कुल बजेट (योजनाको शिर्षकअनुसार)को विवरण माग गरिएको हो ।
यस्तै आर्थिक वर्ष ०७९÷०८० र हाल सम्ममा इन्धन र सवारी मर्मतमा खर्चिएको बजेट विवरण सहित प्रक्रियाको आवश्यक कागजात माग गरिएको हो । यस्तै कार्यालयमा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारीहरु (स्थायी,अस्थायी,करार र डोर हाजिर) को नाम र ठेगाना सहितको विवरण माग गरिएको छ ।
आर्थिक वर्ष ०७९÷०८० र हाल सम्म नहर मर्मतमा खर्चिएको बजेट विवरण सहित प्रक्रियाको आवश्यक कागजात माग गरिएको छ । यस्तै आर्थिक वर्ष ०७९÷०८० र हाल सम्म गोश्वारा भौचरको कागजातका सूचना पत्रकार यादवले माग गरेका हुन्।
गत पुस १८ गते कार्यालयका सुचना अधिकारी एकराज भट्टराइसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत माघ १० गते कार्यालय प्रमुख प्रदिप बान्तवासँग सूचना मागेका थिए ।
प्रमुख बान्तवाले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए । पुनरावेदनपत्रका आधारमा आयोगले प्रमुख बान्तलाई दफा १० ९२० बमोजिम सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

