भुत्तानीको माग गर्दै निर्माण ब्यवसायीहरुले बुझाए नगर प्रमुखलाई ज्ञापन

रञ्जन यादव
272 पाठक संख्या

निर्माण ब्यवसायीहरुले गत आर्थिक बर्षको काम गरेको रकम भुक्तानी गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेललाई दबाब दिएका छन् ।

जीतपुरसिमरा नगर ब्यवसायी संघले गत आर्थिक बर्षको भुक्तानीको माग गर्दै दिपक कुमार ठाकुरको नेतृत्वमा नगरप्रमुख पौडेललाई बुधवार एक कार्यक्रमकाबीच ध्यानआकर्षण पत्र बुझाएका हुन् ।

उपमहानगरका निर्माण ब्यवसायीले आफनो जाय,जेथा,जग्गा,जमिन बैँकमा जमानत राखि ब्यवसाय गर्दै आएपनि उपमहानगरपालिकाले समयमा भुक्तानी नगर्दा बैँकको ब्याज,किस्ता र भ्याट रकम बुझाउँन नसकेको दुखेसो गरेका छन्। उनीहरुले नगरप्रमुख पौडेलसँग चाडै निर्माण ब्यवसायीहरुको रकम भुक्तानी गरिदिन आग्रह गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँने कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद घिमिरे,सचिव राजेन्द्र गौतम,सह सचिव अर्जुन लामिछाने,कोषाध्यक्ष रामकुमार अर्याल,सदस्य बलराम कुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो । यता नगर प्रमुख राजन पौडेलले खाता सञ्चालनको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई समयमै दिएपनि अदालतको बिचारधीन मुद्दा र प्रमुख प्रशासकीय अधिकृतकै सरुवाको बिषयको कारण खाता सञ्चालन हुन नसकि भुक्तानी ढिलो भएको जानकारी दिएका छन् ।

आफुले गर्नुपर्ने नगर सभा र दिनुपर्ने अख्तियारी समयमा दिएको बताएका छन् । उनले उपप्रमुख भोला प्रसाद अधिकारीले खाता अहिले नखोल्नुस भनेर प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रले पनि प्रमुख प्रशासकीय अधिकृतको मनोबल घटेर खाता खोल्नमा ढिलाई भईरहेको बताए ।

नगर प्रमुख पौडेलले चाडै खाता खोलेर काम बापतको रकम भुक्तानी गर्ने निर्माण ब्यवसायीहरुलाई आश्वासन पार्नुभयो ।

Leave a review