बाराकी पोखरेल सहित तीन पत्रकार सम्मानित

रञ्जन यादव
338 पाठक संख्या

बाराकी सकृय पत्रकार सारदा पोखरेल सम्मानित भएकी छिन ।

कृपा दैनिकले २१औं वार्षिकोत्सवका अवसरमा शनिबार निजगढमा एक कार्यक्रमवीच उनलाई सम्मानित गरेको हो ।

दैनिकले स्थापना गरेको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार पोखरेललाई नगद १० हजार सहित सम्मान गरेको पत्रिकाले जनाएको छ । यसैगरी पत्रिकाले रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुरलाई पनि सम्मान गरेको छ ।

महत र ठाकुरलाई भने ५० हजार राशीको उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट संयुक्त रुपमा सम्मानित गरेको पत्रिकाका संस्थापक सम्पादक कमलकुमार उपाध्यायले जानकारी दिएका छन ।

सम्मानि हुने पत्रकारहरुलाई कार्यक्रममका प्रमुख अतिथी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र बारा क्षेत्र नम्बर १ का संघीय सांसद अच्युत मैनालीले संयुक्त रुपमा चेक रकम सहित सम्मानित गर्नुभएको कार्यकारी सम्पादका कृष्ण उदास खनालले जानकारी दिए ।

यसैगरी पत्रिकाले बार्षिकोत्सवकै अवसरमा पूर्वसम्पादक राकेश पाण्डे र संवाददता पुष्पराज खतिवडालाई पनि सम्मान गरेको थियो । कार्यक्रम पत्रिककाका प्रधानसम्पादक गोकुल घोरासाईनेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a review