करण कुमार मिश्र/
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पुर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले रौतहट स्थित एक साइकल दौड प्रतियोगिताको उद्घाटन गरेका छन ।
राजदेवी मिडिया सेन्टरले रौतहटको सदरमुकाम गौरमा मंगलबार आयोजना गरेको एघारौं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिताको जसपा अध्यक्ष यादवले रिवन काटेर उद्घाटन गरेका थिए ।
एकदिने साइकलदौड प्रतियोगिताको उद्घाटन गर्न रौतहट आएका बारा क्षेत्र नम्बर २ का सांसद समेत जसपा अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजदेवी मिडिया सेन्टरले प्रत्येक वर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएका छन । जिल्लाको विभिन्न विद्यालयका १ सय ४० जना किशोरीहरुले प्रतियोगितामा भाग लिएको थिए ।
प्रतियोगितामा चन्चल कुमारी कुशवाहा प्रथम,रानी कुमारी यादव द्वितिय र बबिता कुमारी सहनी तृतीय स्थान हासिल गरेकी छन ।
प्रथम हुनेलाई नगद ५० हजार,द्वितियलाई ३० हजार र तृतीयलाई २० हजार नगदसहित मेडल,कप र शिल्डसहितको पुरस्कार प्रदान गरिएको राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले जानकारी दिएका छन।
बिजेताहरुलाई जसपा अध्यक्ष यादवले उक्त पुरस्कार प्रदान गरेका थिए ।
सो कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य गोबिन्द चौधरी राष्ट्रियसभा सदस्य पुजा चौधरी,जसपाका केन्द्रिय सदस्य एवम् मधेस प्रदेशका पुर्वराज्यमन्त्री योगेन्द्र यादव मधेस प्रदेशका उर्जा सिचाइ तथा खानेपानी राज्यमन्त्री शेख फुलबाबु,प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

