जीतपुरसिमरा उपमहानगरपालिकाले २८ वटा सहकारी संस्थालाई ३५ दिनभित्र सम्पर्कमा आउँन निर्देशन जारी गरेको छ ।
सुचना जारी भएको ३५ दिनभित्र उपमहानगरपालिकाको सहकारी शाखाको सम्पर्कमा नआएका सहकारी संस्थालाई सहकारी ऐन २०७५ को दफा ६९ को उपदफा ३ बमोजिम कारवाही हुने समेत सूचनामा उल्लेख छ ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा १२ वटा कृषी, १२ वटा बचत,पशुपालन एक,बहुउदेश्यीय एक,दुग्ध उत्पादक एक र संचार सहकारी एक वटा रहेका छन् ।
उपमहानगरपालिकाभित्र रहेका ९९ सहकारी संस्थामध्ये २८ सहकारी संस्था नियमित सम्पर्कमा नरहेको भन्दै कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।
उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुधन चौधरीले पटकपटक तोकता गर्दा पनि सम्पर्कमा नआएका,अनुगमनमा जाँदा कार्यालय नभेटिएका,विवरण पेश नगरेका सहकारी संस्थालाई सम्पर्कमा आउन सूचना जारी गरेका हुन् ।
यता उपमहानगरपालिकाले सार्वजनिक गरेको २८ सहकारीको सूचिमा यसअघि नै मर्ज भएका सहकारी संस्थाको नाम समेत समावेश छ ।
डुमरवानाको जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्था र हातेमालो बचत तथा ऋण सहकारी संस्थाबीच २०७३ सालमै एकीकरण भएको थियो ।

