सिनियर हिज्जे(स्पेलिङ्ग बि) प्रतियोगितामा लोटस एकेड्मी सिमरा प्रथम

रञ्जन यादव
534 पाठक संख्या

बाराको सिमरामा दोस्रो अक्षरा पाठशाला सिनियर हिज्जे(स्पेलिङ्ग बि) प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा लोट्स एकेड्मी पहिलो भएको छ । अक्षरा पाठशाला दोस्रो भएको छ । सेन्ट जोन् एकेड्मी तृतीय भएको छ । प्रथम,द्धितीय र तृतीय हुने बिद्यालयलाई शिल्ड,मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सबै विद्यालयहरुको शिक्षक तथा बिद्यार्थीहरु विच एक आपसमा आत्मियता कायम गर्ने उद्देश्य लिएर कार्यक्रमको आयोजना गरिएको अक्षरा पाठशालाका शिक्षक ऋषि काफ्लेले जानकारी दिए ।

प्रतियोगितामा सिमरा र डुमरवाना आसपास क्षेत्रका ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।साँत राउन्डमा गरिएको प्रतियोगितामा अक्षरा पाठशाला,एकता स्कुल,एक्स सर्भिस चिल्ड्रेन एकेड्मी,होलि गार्डेन सेकेन्डरी स्कुल,लोटस एकेड्मी,मिसन एकेड्मी,पाथिभरा ई.बो.स्कुल,राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन,सेन्ट जोन एकेड्मी,साना किसान शिक्षा सदन र सिमरा पब्लिक ईङ्गलीस स्कुलको सहभागिता रहेको थियो ।

हरेक बिद्यालयबाट दुई जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा आँठ देखि १० कक्षा सम्मका बिद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा त्यही तहको अङ्ग्रेजी पाठक्रमबाट हिज्जेहरु सोधिएको थियो ।

कार्यक्रमलाई सफल पार्न विभिन्न चरणमा बाँडिएको थियो। उक्त चरणहरूमा हिज्जे चरण,अन्ताक्षरी चरण,कोठेपद चरण,अनुवाद चरण,अक्षर मिश्रित चरण,द्रुतगति चरण,सङ्केत चरण गरी कुल साँत चरणमा बाँडेर प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरिएको थियो।

अक्षरा पाठशाला ई.बोडिङ्ग स्कुलका प्रिन्सिपल नरेन्द्र तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एन.प्याव्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी रहेका थिए ।

कार्यक्रममा एस.पि.एस.का बसन्त ढकाल,राष्ट्रिय विभूति शिक्षा सदनका प्रिन्सिपल सागर ठाडा मगर लगायत विभिन्न बिद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन अक्षरा पाठशालाका शिक्षक ऋषि काफ्लेले गरेका थिए ।

Leave a review