नारायणी अस्पतालमा बच्चा छाडेर आमा फरार

साझेदारी दैनिक
360 पाठक संख्या

नारायणी अस्पतालमै बच्चा छाडेर एक आमा फरार भएकी छन् । अस्पतालमा सुत्केरी हुनको लागि भर्ना भएकी सीता देबी छोरी जन्मिएपछि बच्चा छाडेर फरार भएकी हुन् ।

उनी अझ भेटिएकी छैनन् । उनले छोरीलाई शनिबार बिहान साढे ६ बजेको समयमा जन्म दिएकी थिईन् ।छोरी जन्मिएपछि उनका सासु आमाले सीता सित बिबाद गरेकी थिईन् । सोही क्रममा बच्चालाई अस्पतालमै छाडेर आमा फरार भएकी थिईन ।

बच्चाको अवस्था सामान्य रहेको छ । बच्चाको आमा वा घर परिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रबक्ता डा.उदय नारायण सिँहले जानकारी दिए ।

अस्पतालमा सिता देबीले आफनो श्रीमानको नाम दिपक कानु लेखाएकी छिन ।उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै आमाले बच्चालाई छोडेर हिडेको हुन सक्ने उनले बताए ।

यसअघि सीता देबीले तिन वटा छोरी जन्माएको सिंहले बताए ।बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भएपनि हालसम्म भेटाउन नसकिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds