बडहर्वा : ‘पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर,समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को बडहर्वामा प्रथम मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव हुन लागेको हो ।
यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुने उक्त महोत्वको मौवादेवी युवा क्लबको आयोजना तथा लालिगुराँस क्रेयचन मिडिया नेपालको व्यवस्थापनमा पहिलो पटक बडहर्वामा महोत्सव गर्न लागिएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव वारे जनकारी दिएको छ ।
मौवादेवी युवा क्लबका अध्यक्ष निर्मल यादवले दिएको जानकारी अनुसार महोत्सवले बडहर्वालाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानीय स्तरको कृषि,उद्यम,कला,संस्कृति,पर्यटन, खेलकुदको प्रवद्र्धन गर्ने अपेक्षा राखिएको छ ।
स्थानीय मौवादेवी क्लबको खेल मैदानमा आयोजना हुने महोत्सवमा स्थानीय स्तरका व्यापार,व्यवसाय,कृषि,उद्यमका साथै विभिन्न समुदायको खानाको परिकारलाई प्रवद्र्धन गर्न करिब एकसय वटा स्टल राखिने भएको छ । महोत्सवमा बालबालिकाका लागि बालउद्यान,राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
१२ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले लिएको छ । यसैगरी महोत्सव अवधिभर प्रिति पासवान,राजा भोजपुरिया,अनु चौधरी,अन्जु कुश्मी,मिस्टर डी,एलिना चौहान,ज्योति मगर,दुर्गेश थापा,उर्गेन दोङ,बिशाल काल्ताङ,जीतु लोप्चन लगायतका राष्ट्रिय स्तरमा नाम चलेका कलाकारको उपस्थिती रहने आयोजक क्लबका अध्यक्ष याादवले बताएका हुन ।
महोत्सवको सम्पूर्ण आर्थिक व्यवस्थापन क्रेयचन मिडिया नेपालले गर्नेछ । क्रेयचनले मौवादेवी युवा क्लबलाई आर्थिक रुपमा सहयोग समेत गर्नेछ भने मौवादेवी खेल मैदान मर्मत र स्तरोन्नतिका कार्य समे गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा क्रेयचन मिडिया नेपालका नारायण राजथला,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ की वडासचिव सीमा उप्रेती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन आयोजक क्लबका सचिव मुकुन्द्रप्रसाद सापकोटाले संचालन गर्नुभएको थियो।


