जितपुरसिमरा उपमहानगरले अत्यधिक गर्मीका कारण दुई दिन दियो विद्यालय बिदा

साझेदारी दैनिक
502 पाठक संख्या

कलैया : अत्यधिक गर्मीका कारण विद्यार्थीहरू मुर्छित हुन थालेपछि बाराको जितपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ २९ गतेदेखि जेठ ३० गते शुक्रबारसम्म विद्यालयहरू बन्द रहने जानकारी दिएको हो।

विगत केही दिन देखी बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई दृष्टिगत गरी बिद्यालयमा दुई दिन बिदा दिईएको छ । बर्षे विदाबाट कट्टा हुने गरी बिदा दिइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

Leave a review

This will close in 0 seconds