बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको ट्रयाक्टर नियन्त्रणमा

साझेदारी दैनिक
351 पाठक संख्या

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको मालवाहक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

आईसिपी भन्सार नाकाबाट छुटेको बीआर ०५ जिए ३७९१ नम्बरको भारतीय टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिलबिजक भन्दा बढी सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका २५ चण्डाल चोकमा जाँचको क्रममा उक्ट टयाक्टरबाछ दुई लाख ३३ हजार ४८१ बराबरको हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम् थापाले जानकारी दिए।

बरामद सामानलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Leave a review

This will close in 0 seconds