नवराज चौलागाईं,/
बाराको निजगढ नगरपालिकाले बुधवारदेखी वारुणयन्त्र संचालनमा ल्याएको छ । नगर भित्र हुने आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र संचालनमा ल्याएको हो । नगरपालिकाले नगरपालिकाले ४ हजार लिटर क्षमताको वारुणयन्त्र खरिद गरेकोहो ।
नगरपालिकाले ४ हजार लिटर क्षमताको करिब ५९ लाख भन्दा बढी लागतमा वारुणयन्त्र खरिद गरि संचालनमा ल्याएको निजगढका मेयर सुरेश कुमार खनालले बताएका छन ।
नगरपालिकाले वारुणयन्त्र खरिद गर्नको लागी नगरपालिकाले गत वर्ष नै रकम विनियोजन गरेको थियो । सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरुको समन्वयमा वारुणयन्त्र संचालन गरिने मेयर खनालले जानकारी दिएका छन ।
यसअघि निजगढ नगर क्षेत्रमा आगलागी लगायतका घटना हुदा अन्य स्थानबाट वारुणयन्त्र बोलाउनुपर्ने बाध्यता रहेको थियो । वारुणयन्त्र संचालनमा आएसंगै नगर क्षेत्र र आसपासमा हुने आगजनी नियन्त्रण गर्न सहज हुने मेयर खनालले बताए ।