बारा प्रहरीले मंगलबार राति प्रतिबन्धित लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा,सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगरमा उनीहरुलाई पक्राउ गरेको हो ।
बारागढीबाट भारततर्फ जाँदै गरेको ना ३८ प १४११ नं.को मोटर साइकललाई शंका लागि प्रहरीले रोकी जाँच गर्दा लागु औषध गाँजा १५ किलो बरामद गरेको हो ।
प्रहरीले बाराको आदर्श कोतवाल गाँउपालिका वडा नं. ३ बतरा बस्ने २७ वर्षीय सरोज कुमार गिरी, रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नं. ३ मेवा बस्ने ५० वर्षीय रामानन्द साह, एवम सोही ठाउँ वस्ने ४५ वर्षीय चुलाई महरालाई नियन्त्रणमा लिएको हो ।
लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट तीन दिन म्याद थप गराई प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

