नवराज चौलागाईं/
राष्ट्रिय महिला लिग फुटबल छनोटको लागि मधेस प्रदेशको टिम घोषणा भएको छ ।
मधेस प्रदेश फुटबल संघले आईतवार १८ सदस्यीय टोलिको घोषणा गरेको हो ।
टोलिमा गोलरक्षकद्वय उषा थापा र करुणा बुढाथोकी रहेका छन् ।
यस्तै टिममा सलोनी राना मगर,सजनी थोकर,सुनिता भोलन,दिव्या एस्माली मगर,सोनु वाइबा,सुनिता विश्वकर्मा,मन्दिरा राई,दिल कुमारी मगर,दिलमाया घिसिङ,विष्णु माया बल,काजल स्याङ्तान,सुनिता सुनार,रजनी थोकर,कबिता गुरुङ,अस्मिता खवास र सलोनी कुमारी चौधरी रहेका छन् ।
टोलिको प्रशिक्षकमा चित्र कुमार मगर,सहायक प्रशिक्षकमा भोजराज घिमिरे,टिम व्यस्थापकमा शम्भु सिंह ठकुरी र फिजियोमा ललिता कुमारी चौधरी रहेका छन् ।
बैशाख ७ गते देखि सुर्खेतमा संचालन हुने प्रतियोगितामा मधेस प्रदेशले बैशाख ८ गते बागमती प्रदेश बिरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । छनोट प्रतियोगितामा सात वटा प्रदेशले प्रतिस्पर्धा गर्नेछ ।

