भैंसी पाडापाडी नियन्त्रणमा

साझेदारी दैनिक
362 पाठक संख्या

दुई करोड भन्दा बढीको औषधी तथा भैंसी पाडापाडी पर्सा प्रहरीले नियन्त्रणमा लिएकोे छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डबाट एक करोड पन्ध्र लाख एक सय ४७ बराबरका औषधि तथा खुद्रा सामानहरू बरामद गरेको हो ।

यस्तै पर्साको बहुदरमाई नगरपालिका–५ डकैला बहुअरी स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका थारो भैंसी–८ तथा पाडा तथा पाडी २८ प्रहरीले नियन्त्रणमा लिएको हो ।

करिब चार लाख ३४ हजार बराबरका भैंसी तथा पाडापाडीहरु प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका औषधि तथा खुद्रा सामानहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।

भैसी र पाडापाडीलाई बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी केशर कुमार न्यौपानेले जानकारी दिए।

Leave a review

This will close in 0 seconds