नुर आलम बादशाह/
बाराको पचरौता नगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतको बिहीबार एक कार्यक्रमका विच स्वागत गरिएको छ ।
यस्तै पुराना प्रशासकीय अधिकृतलाई स्वागतका साथ विदाई गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाबाट सरुवा भइ बाराको पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत
कार्यालयमा हाजिर भएका छन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत गौरीकुमार सिंहलाई स्वागत गरिएको हो । यस्तै यस अघिका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई सम्मान सहित विदाई गरिएको छ ।
सिंहलाई नगर प्रमुख जलन्धर सिंह र उपप्रमुख नसीमा खातुनले अविर र फूल सहित स्वागत गरेका हुन् । सरुवा भई सिम्रौनगढ़ नगरपालिकामा जान लागेका मिश्रलाई मायाको चिनो सहित विदाई गरिएको हो ।
सो कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मी यादव,मकबूल मियाँ, बनारसी मुखिया बिन,धेनुक राउत कुर्मी, गगनदेव यादवको विशेष उपस्थिति थियो । उक्त कार्यक्रममा समाजसेवीहरु नसिर अंसारी,नेवाजी अंसारी, सुरेश यादव, जय नारायण राउत, पोषण पासवान,नरेश पटेल,प्रभु शर्मा,बिनोद सिंहका साथै नगरपालिकाका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपप्रमुख नसीमा खातूनले स्वागत मन्तव्य व्यक्त गरेकी हुन् ।
नगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत मिश्रको काम गर्ने शैलीको प्रशंसा गरे । उनले थुपै्र जटील काम सजिलै फत्ते गरेको उदाहरण सुनाए । नगरपालिकामा विकास तिव्र गतिमा बढीरहेको भने । नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिले सहज बातावरण बनाउने विश्वास व्यक्त गरे ।
सिम्रौनगढ़मा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले जनप्रतिनिधि र कर्मचारीबीच सहज बातावरण बनेको भन्दै सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहले सरकारको म्याण्डेट अनुसार नगरपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

