वीरगञ्जमा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा मँगलबार नेशनल इन्फोटेक र वीरगञ्ज पव्लिक विजयी भएको छ ।
ईन्फोटेक र श्री दुर्गा तथा वीरगञ्ज पब्लिक र डेसिमल कलेजबिचको खेल सम्पन्न भएको हो । नारायणी क्रिकेट मैदानमा सो खेल भएको हो ।
मंगलबार सम्पन्न दोस्रो खेलमा वीरगञ्ज पब्लिकले डेसिमललाई पाँच रनले हरायो । टस जितेर ब्याटिङ गरेको वीरगञ्ज पब्लिकले १८.३ ओभरमा पूरै विकेट गुमाएर एकसय २४ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको डेसिमल १९.३ ओभरमा एक सय १९ रनमै समेटिएको हो । खेलमा अफसर हुसेन म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि मंगलबार नै भएको पहिलो खेलमा नेशनल इन्फोटेकले ७ विकेटले श्री दुर्गालाई पराजित गरेको थियो । दुर्गाले दिएको लक्ष्य नेशनलले ४.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको श्री दुर्गाले ९.२ ओभरमा पूरै विकेटको क्षतीमा ३४ रनको सामान्य योग तयार गरेको थियो ।

