Sajhedari Daily
Latest News from Nepal

बारामा २ बालकको घाँटी रेटि हत्या

बाराको कलैया उपमहानगरपालिका वडा नं ७ रंगपुरका एकै परिवारका दुई दाजु भाईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

रंगपुर स्थित रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कलैया ७ निवासी अब्दुल अंसारीको दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । अंसारी बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्।

घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।