गठबन्धन गर्दा वीरगञ्जमा कांग्रेसलाई ठुलो क्षति,गठबन्धन गर्न हदैन : कांग्रेस नेता संशाक कोइराला

साझेदारी दैनिक
364 पाठक संख्या

वीरगन्ज : नेपाली कांग्रेसका नेता संशाक कोइरालाले चुनाव अघि गठबन्धन गर्नु मुर्खता भएको बताएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर टोलमा पार्टीको एक सय दिने अभियान अन्तर्गत कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री समेत रहेका कोइरालाले यस्तो बताएका हुन्।

आफू गठबन्धनको घोर बिरोधि रहेको नेता कोइरालाले बताए। उनले कसैसित कुनैपनि हालतमा गठबन्धन गर्न नहुने जिकिर गरे । उनले चुनाव आफ्नै बलबुतामा लड्नुपर्ने बताए। नेपाली कांग्रेसले अबको चुनाव एकलै लड्नुपर्ने कुरामा उनको जोड थियो।

पार्टीको एक सय दिने बिशेष अभियानमा पर्सा घुमेका उनले पर्सामा पार्टी बलियो स्थितिमा देखेको बताए। जिल्लामा कांग्रेस किन बढी सिट जित्न नसकेको कारण खोज्नुपर्ने बताए ।देशमा कांग्रेसले नै अहिले एउटा बाट अठार बिस वटा मेडिकल कलेज बनाएको बताए।

बीसवटा विश्वविद्यालय बनाएकोले चुनावमा जादा खेरी कांग्रेसले नै बिकाश गर्छ भन्ने कुरा भन्न सक्नुपर्ने कोइरालाको भनाइ थियो ।कांग्रेस पर्साका उप सभापति रामनारायण कुर्मीको सभापतित्त्वमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागी भएका नेताहरुले सम्बोधनको क्रममा पर्सामा पार्टीले गठबन्धन गरेर गल्ती गरेको बताएका थिए ।

उनीहरुले जिल्लामा कांग्रेस एक्लै चुनाव लडेर जित्ने भएपनी अरु पार्टीसित गठबन्धन गर्दा पार्टीलाई क्षति पुगेको बताएका थिए ।खासगरी वीरगञ्ज महानगरमा गठबन्धन गरेर अरु पार्टीलाइ मेयर दिएकोमा कार्यकर्ताहरुले चर्को बिरोध जनाएका थिए ।वीरगञ्जमा मेयर जित्ने ढुक्क हुदाहुदै पनि गठबन्धनकै कारणले अरु पार्टीले मेयर जितेको कार्यक्रमलाई सम्बोधन गर्ने नेताहरुको भनाइ थियोे।

कार्यक्रमलाई सम्बोधन गर्दौ संविधान सभा सदस्य एवम् कांग्रेस केन्द्रिय सदस्य अनिल रुङटाले कांग्रेस देशको ठुलो पार्टी भएपनि सरकार चलाउन गरेको गठबन्धनका कारण योजनाहरु पूरा गर्न नसकिएको तथा काम समेत गर्न नसकिएको बताए ।उनले अबको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा कुनै पनि हालतमा गठबन्धन गर्न नहुने कुरामा जोड दिएका थिए।

कांग्रेसका नेताहरूमा मन्त्री बन्ने लोभ नभएकोले अन्य पार्टीको तुलनामा कांग्रेस माथी रहेको कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सभापति श्रीकान्त यादवले जानकारी दिए ।उनले अगामी निर्वाचनलाई दृष्टिगत गरी र नेता कार्यकर्ता हरु मिलेर अघि बढनुपर्ने कुरामा जोड दिए।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका यादवले कांग्रेसको सय दिने बिशेष अभियानलाई सफल बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम,वडा नम्बर २२ का वडाध्यक्ष द्वारिका महतो,वडा नम्बर ३० का कांग्रेस नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a review