नेशनल ईन्फोटक कलेजले वीरगञ्जमा भएको अल्पाईन क्रिकेट कपको उपाधिमाथि कव्जा गरेको छ ।
वीरगञ्ज्को नारायणी क्रिकेट रँगशालामा भएको फाईनल खेलमा उसले शनिबार ग्लोबल बिजनेश कलेजलाई १६ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको नेशनलले २० ओभरमा पुरै विकेट गुमाएर एक सय २२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ग्लोबलले पुरै ओभर खेलेर छ विकेटको क्षतिमा एक सय छ रन बनाएर १६ रनले को थियो ।
फाईनल खेलको म्यान अफ दि म्याच सरिफ अन्सारी भएका थिए ।प्रतियोगिताको बेस्ट ब्याटसम्यान ग्लोबलका निरज यादव घोषित भए ।
बेस्ट बलर नेशनलकै वासिम अली घोषित भए । फेयर अफ द टुर्नामेन्ट बिपिसीका सन्दिप सिँह घोषित भएका थिए ।

