सरकार टिक्नेमा शंका रहेको पूर्व प्रधानमन्त्री नेपालको भनाई

साझेदारी दैनिक
235 पाठक संख्या

बारा : वर्तमान सरकार टिक्नेमा शंका रहेको पूर्व प्रधानमन्त्री माधव नेपालले बताएका छन्।

बाराको कलैया स्थित करणराज होटलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको मौजुदा सरकार टिक्नेमा शंका रहेको बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीले आफनो दम्भमा एक्लै सरकार चलाउन खोजेकोले अन्य दल रुष्ट भएको उनले जनाए। जस्ले गर्दा सरकार टिक्न सम्भावना कम रहेको उनको कथन थियो। देशमा विकासको नाममा खाली चुटकिला भईरहेको जनाउदै विकास गर्ने योजना नभए आफ्नो पार्टीसँग सल्लाह लिन उनले आग्रह गरे।

पालिका स्तरमा अस्पताल बनाउने योजना विकास नरहेको उनको भनाई थियो। खर्व बजेट लगाई विशाल भवनको निर्माण त हुन्छ,तर दक्ष डाक्टर,प्राविधिक नहुदा खण्डहर भएर बजेट बालुवामा पानी सरह हुन्छ नेपालको कथन थियो।

प्रत्येक पालिकाको सट्टा जिल्ला स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आवश्यक रहेको उनले बताए। विरामीहरू सेवा लिनुको साथै बजेटको अन्य विकासको कार्यमा लागु गर्न सकिने उनले बताए।

निजगढ विमानस्थल, फास्ट ट्रयाक बजेटको अभावमा नबनिरहेको भनाई गलत रहेको उनले बताए।सरकारको लापरवाहीले ढिलासुस्ती भएको उनको भनाई थियो। भिजन बिनाको सरकारले गफ मात्रै दिने गरेको उनले बताउदै अनावश्यक ठाउको बजेट काटेर राष्ट्रिय स्तरको गौरवको योजनामा लगानी गरे देशले विकासको फडको मार्ने उनको कथन थियो।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पदको लागि लडनेले काम पनि गरेर देखाउनु पर्ने उनले जनाए। पार्टीले प्रत्येक चार महिनामा मूल्यांकन प्रतिवेदन केन्द्रीय कमिटिमा पठाउनु पर्ने प्रावधान लागु गरेको उनले जानकारी दिए। यसरी प्रतिवेदनको अधारमा पद कायम गर्ने व्यवस्था गरिएको उनले बताए।

प्रत्येक जिल्ला,गाउ,वडा,टोलटोलमा कमिटि गठन गर्ने कार्यकर्तालाई उनले निर्देशन दिए। कमिटी विस्तार गरी पार्टीलाई मजबुत बनाउनु पर्ने उनले बताए। मिसन २०८४ को लागि कार्यकर्तालाई तयार रहन उनले निर्देशन दिए। वडा देखि पालिका सम्मको लागि प्रत्येक उम्मेदवारले आफनो बलमा तयारी गर्न सुझाव दिए।

प्रत्येक पालिकामा आफ्नो उम्मेदवारी मजबुत बनाउनु पर्ने उनको कथन थियो। आफै मजबुत भए मात्र अरु पार्टी आफै गठबन्धन गर्न आउने वातावरण सृजना गर्नु पर्ने बताए ।

आफुहरू नेकपा माओवादी,जसपा नेपाल,विप्लव लगायतको पार्टीसंगको समाजवादी मोर्चा तयार गरी अघि बढने छलफलमा रहेको जनाए। एकीकृत समाजवादीको बारा जिल्ला अध्यक्ष विजेन्द्र चौधरीको अध्यक्षतामा सो प्रशिक्षण सम्पन्न भएको हो।

Leave a review