संगालो साकोसका १४ औँ साधारण सभा सम्पन्न

रञ्जन यादव
126 पाठक संख्या

बारा : संगालो बचत तथा ऋण सहकारी संस्था सिमरा बाराको १४औं साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संस्था बाराका अध्यक्ष सत्येन्द्र ठाकुरले गरेका थिए।

प्रमुख अतिथि समेत रहेका ठाकुरले तीनै तहको सरकारले एक पछि अर्को कानुन बनाई सहकारीलाई उत्पीडित बनाईरहेको बताए । आफुलाई सहकारीका अभियान्ता बताउँनेहरु आफनो खुसी ऐन ,कानुन बनाउँनमा सहयोग गर्ने गरेको जानकारी दिए ।

बचत फिर्ता नगर्दा सरकारको नियमनकारी निकायले कार्बाही प्रक्रिया अघि बढाउँने तर ऋणीले ऋण नतिर्दा केहि नगर्ने परिपाटिले सहकारी कहाँ जाँदैँ छ भनी प्रश्न गरे । सहकारीले हालसम्म १ करोड ९५ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको छ।

त्यस्तै, शेयर सदस्यहरूबाट ८ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ५३ लाख रुपैयाँ ऋण लगानी गरिएको जानकारी दिइएको छ। सहकारीले १२ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति निर्माण गर्न सफल भएको छ ।

साधारण सभामा सहकारीले ४८ लाख ६७ हजार २७ रुपैयाँ खुद नाफा आर्जन गरेको प्रस्तुत गरिएको थियो।कार्यक्रम सहकारीका अध्यक्ष निराजन थापाको अध्यक्षता र सचिव गोकुल अधिकारिको सञ्चालनमा सम्पन्न भएको हो। अध्यक्ष थापाले सस्थागत प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Leave a review