करण कुमार मिश्र/
रौतहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरमा लुटपाट भएको छ । शुक्रबार दिउँसो मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट गरिएको प्रहरीले जनाएको छ ।
तीन जनाको समूहमा हतियारसहित मोटरसाइकलमा आएका लुटेराहरुले शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहलाई गोली प्रहार गरी लुटपाट गरेका थिए।
गोली चलाउने तीन जना भारतीय नागरिक लाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ।
घटनामा संलग्न भारत बिहार मोतिहारिका १७ वर्षका मुनिस यादव, १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन । पक्राउ परेकाहरु सवै नाबालक नै रहेका छन ।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ। उनीहरु भारतीय नम्बर प्लेटको मोटरसाईकलमा तीन जना चढेर आएका थिए ।
बीआर०६सी एल ९७९६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले रकम लुटपाट गर्दै सञ्चालक साहमाथि गोली चलाएका हुन । गोली साहको कञ्चटमा लागेको छ भने उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

