सिम्रौनगढ:नूरआलम बादशाह/ बाराको पचरौता नगरपालिका–५ बेल्दारीमा आइतबार ग्याँस सिलिण्डर वितरण गरिएको छ। न्गरपालिकाका ८५ परिवारलाई खाना पकाउने एलपी गैस सिलिण्डर र चुल्हो सेट निःशुल्क वितरण गरिएको हो।
राजनीतिक कारणले पूर्व नगर प्रमुखको कार्यकालमा वितरण गरिएको पाँच हजार छ सय गैस सहितको चूल्होबाट उनीहरु बञ्चित रहेका हुन्। वितरणबाट छुटेका लगभग १२ सय ६५ घर परिवारलाई आफु निर्वाचित भएपछि नगर प्रमुख सिंहले वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सोही अनुरूप नगरबासीलाई चुल्हो सहितको गैस सिलिन्डर वितरण गर्न लागिएको नगर प्रमुख सिंहले जानकारी दिए ।
आइतबारबाट सुरु भएको यो कार्यक्रम धुवाँमुक्त नगर अभियानसँग जोडिएको छ। दाउरा,कोइला,गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवारसम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको नगर प्रमुख सिंहले जानकारी दिए।
वडा नम्बर ७ बेनौलीमा रहेको पालिका कार्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरिएको हो। प्रमुख सिंहले चुल्हो सहितको सिलिण्डर वितरण कार्यको सुरुवात गरेका हुन्।
वडा नम्बर ५ बेलदारीका ८५ परिवारलाई हाललाई बितरण गरिएको छ। बाँकी वडाका परिवारलाई क्रमश वितरण गरिने नगर प्रमुख सिंहले जानकारी दिए। दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि स्थानीयहरु खुशी भएका छन्।
ग्याँस उपलब्ध भएपछि दाउरा खोज्ने समय बचत हुने लाभार्थिले बताएका हुन्। धुँवाबाट पनि मुक्त भइने छ’ एक स्थानीयले भने।
ग्याँस पाएपछि महिनाको १६ दिन बचत हुने र त्यो समयमा आफ्नो घरायसी कार्य गर्न सकिने अर्का स्थानीय बताउछन्। उक्त कार्यक्रममा नगर प्रमुख जलन्धर सिंह,प्रमुख प्रशासकीय अधिकृत गौरी साहको विशेष उपस्थिति थियो।
सो कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव,६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी,३ का वडा अध्यक्ष धेनुकराउत कुर्मी,७ का वडा अध्यक्ष बनारसी बिनको विशेष उपस्थिति थियो। सो कार्यक्रममा स्थानीय नेता नेवाजी अंसारी,सञ्चारकर्मी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।

