दुई सय ५५ लिटर अबैध घरेलु मदिरा प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
260 पाठक संख्या

कलैया : बारा प्रहरीले दुई सय ५५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

प्रहरी कारवाहीको सिलसिलामा सोमबार जिल्लाको जितपर सिमरा उपमहानगरपालिका –१ पथलैया स्थित पूर्व पश्चिम लोक राजमार्ग सडक खण्डमा चौकीबाट खटिएको गस्ति टोलिले बाटो छेउमा गाडीमा लोड गर्न राखेको १७ पोका २ सय ५५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।

उक्त अवैध घरेलु मदिराको अन्दाजी २५ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

अवैध घरेलु मदिरालाई बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रवक्ता सापकोटाले बताए।

Leave a review