प्रादेशिक अस्पताल कलैयालाई एक सय बेडको सुबिधा सम्पन्न बनाउने घोषणा उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरेका छन् ।
बाराको कलैया उपमहानगर–६ मा रहेको प्रादेशिक अस्पताल कलैयाको सभाहलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल कलैया अस्पताल ईकाई तथा जिल्ला कार्य समिति द्वारा नेपाल सरकारको उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सम्मान गरिएको हो ।
सो कार्यक्रममा सहयोग कलैया अस्पताल विकास समिति तथा समन्वय मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल मधेस प्रदेश समितिको थियोे ।
उपप्रधानमन्त्रीको सपथ लिएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा उनी यहाँ आएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिले पनि नेपालका हरेक नागरिकलाई प्राथमिक उपचार र गुणस्तरीय स्वास्थ सेवा दिने लक्ष्य प्राप्ती हुन नसक्नु दुखद भएको जनाए । यसमा सुधार हुँदै गएको बताएका छन् ।
प्रादेशिक कलैया अस्पताललाई आवश्यक हरेक स्वास्थ्य सुविधा उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारले सहयोग गर्ने उनले जनाए । स्वास्थ्य बिमालाई पनि प्रभावकारी बनाउदै लगिने उनले बताए ।
कलैया अस्पताललाई आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउने घोषणा उनले गरेका हुन् ।
उनको अनुसार प्राथमिक र आधारभूत सेवा सबैलाई निशुल्क प्राप्त होस भनेर मन्त्रालय लागेको उनले बताए । उक्त अवसरमा कलैया प्रादेशिक अस्पतालका लागि भौतिक संरचना,सिटि स्क्यान,ईको मेसिन,मेडिकल अफिसर,कन्सल्टेन्ट डाक्टर,पारा मेडिक्स स्टाफ र नर्सिङ्ग स्टाफको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईले बताए ।
छाया नेपालको सहयोगमा ब्लड बैंक भवनको निर्माण कार्य तिब्रगतिमा हुदै,७७ बेडको सेवा प्रदान गर्दै आएको उनले बताए ।
विरामीको चाप बढेपछी रेफर गर्न बाध्य भएको अध्यक्ष चौगाइले बताए ।
डि.आर मेसिनको पनि आवश्यकता रहेको उनले बताए ।
पुरानो थाईराईड मेसिनमा समस्या आएर सुचारु हुन नसकेपछि नया थाईराईड लगायतका विशेष चेकजाँच गर्ने मेसिनको समेत माग भैरहेको डा. अजय गुप्ताले जानकारी गराएका छन ।
एक सय बेडको घोषणा भएपनी हाल कार्यान्वयन नभएकोले अस्पताललाई दुई सय बेडको अनिवार्य बनाउनु पर्ने मेसु डा. गुप्ताले बताए ।
हाल अस्पतालमा दैनिक ५ सय ओ.पि.डी चेकजाँच भैरहेकोले बेड संख्या बढाउनुपर्ने बताए ।
अस्पतालको संरचनाले थेग्ने हरेक सेवा उपलब्ध गराईरहेको तर अब भौतिक संरचना अत्यन्तै आवश्यक भएको उनले बताए ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल कलैया अस्पताल ईकाई समितिका अध्यक्ष शेषफुल महम्मदको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा जसपा प्रदेश अध्यक्ष बालकिशोर यादव,राजनीतिक समिति सदस्य रामकिशोर यादव,पूर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव,केन्द्रिय सदस्य पारस प्रसाद साह,उमरावती यादव,प्रदेश सभा सदस्य बच्चा यादव,पूर्व अर्थ राज्य मन्त्री उषा यादव,केन्द्रिय सदस्य शिला साह,कलैया उपमहानगर –६ का वडा अध्यक्ष रामबिश्वास ठाकुर,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,जसपा पार्टी बाराका जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादव,प्रादेशिक अस्पताल कलैयाका निमित्त मेडिसिन सुपरिटेन्डेन्ट डा.अजय गुप्ता,डाक्टर,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रममा स्वागत मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल मधेस प्रदेश अध्यक्ष शिवशंकर प्रसाद यादवले गरेका थिए । कार्यक्रमको सन्चालन जसपाका जिल्ला सचिव मुर्तुजा अन्सारीले गरेका थिए ।


