कोशीमा सूचनाको हकको लागि राष्ट्रिय महासंघ महाधिवेशन,अभियान्ता नजबुल खातुन बनिन् प्रदेश समितिको संयोजक

साझेदारी दैनिक
310 पाठक संख्या

कोशी प्रदेशको विराटनगरमा सूचनाको हकको लागि राष्ट्रिय महासंघ गठन भएको छ ।

विराटनगर स्थित श्रीकृष्ण होटलमा बुधवार सम्पन्न महासंघको प्रदेश महाधिवेशनले प्रदेश समिति गठन गरेको हो ।

सम्पन्न महासंघको प्रथम महाधिवेशनले उदयपुरकी अभियान्ता नजबुल खातुन संयोजक रहने गरि २१ सदस्यीय प्रदेश समिति चयन गरिएको हो ।

त्यस्तै महाधिवेशनले महासंघको उपाध्यक्षमा लीला बहादुर सुनुवार (ओखलढुङ्गा) र इश्वरा तिवारी (झापा),यता महा सचिवमा सुरेन्द्र भण्डारी( झापा)चयन भएका छन् ।

उनी नेपाल पत्रकार महासंघ कोशीका कार्य समिति सदस्य हुन् भने इकोनोमिक मिडिया एसोसिएसन कोशीका महासचिव हुन् ।

त्यस्तै सचिवमा पत्रकार सोनु कुमार दास (मोरङ) र विनोद भण्डारी (मोरङ) र कोषाध्यक्षमा यमुना गुरागाइ(सुनसरी) चयन भएको निर्वाचन समिति संयोजक गुलाब चौधरीले जानकारी दिएका छन् ।

यसैगरी महासंघको प्रदेश समिति सदस्यहरूमा जमुना विष्ट (ताप्लेजुङ),कृष्ण प्रसाद गौतम ((तेह्रथुम),रञ्जीता खड्का (इलाम) घनचन्द्र दाहाल (भोजपुर,प्रतिभा शाह (उदयपुर) गार्डेन राई (सोलुखाुम्बू),नारायण राई (धनकुटा),मंगल वैध (पाँचथर) र सुजन बज्राचार्य(संखुवासभा) चयन भएका हुन ।

यसअघि महासंघको प्रथम अधिवेशनको प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री सम्शेर राईले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री राईले कोशी प्रदेशलाई सूचना मैत्री प्रदेशको रूपमा विकास गरेर लाने बताएका छन् ।

उनले सूचनाको हक सम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्दै आगामी वर्षबाट सूचनाको हक नागरिक स्तरमा पुर्‍याउन प्रदेश सरकारले जनस्तरमा कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका थिए ।

यस्तै कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले सूचनाको हक नागरिकको नैर्सगीक अधिकार भएकाले आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन प्रदेश सरकार लागि परेको बताईन ।

यसैगरी कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नेपालमा सूचनाको हकको अवस्थाका विषयमा प्रकाश पारेका थिए ।

सो कार्यक्रममा कोशी प्रदेश सरकारका महान्याधिवक्ता रुपेश कोइराला,आन्तरिक मामिला तथा कानुन मनलयका सचिव लक्ष्मी पौडेल,नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद वागचन्दको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले औचित्यमाथि प्रकाश पारेको थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव अजय कुमार शाहले गरेको महासंघका केन्द्रीय सदस्य सन्तोष पाण्डेले बताएका छन ।

Leave a review