चिउटाहामा वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
260 पाठक संख्या

चिउटाहामा वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका वार्ड नम्बर १ चिउटाहामा रहेको आशा लघुवित वित्तीय संस्था लिमिटेडको आयोजना श्री राम चरीत्र उच्च माध्यमिक बिधालयको सभा हलमा शनिबार एक कार्यक्रम बीच वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

विपन्न समुदायका निम्ति आशा मुल नाराका साथ उक्त कार्यक्रम सप्पन्न भएको हो ।

आशा लघुवित वित्तीय संस्था लिमिटेड चिउटाहा शाखाका प्रबन्धक प्रभु कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आदर्श कोतवाल गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष सुनिल कुमार कुशवाहले कार्यक्रमको उद्घाटन गर्नु भएका थिए ।

सो कार्यक्रममा बचत तथा कर्जा र संस्थाको नयाँ निर्देशिका र संस्थाको नीति नियम सम्बन्धि जानकारी गराइएको थियोे ।

उक्त कार्यक्रममा आशा लघुवित वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयका अनुगमन अधिकृत गोबिन्द पन्त, वार्ड नम्बर -४ का वार्ड अध्यक्ष जवाहिर अन्सारी,५ का वार्ड अध्यक्ष रुपेश कुमार साह,ईलाका प्रहरी कार्यालय चिउटाहाका इन्चार्ज,स्थानीय जेष्ठ नागरिक रामचन्द्र प्रसाद कुशवाहा,स्वास्थ्य चौकी चिउटाहाका मुकेश गुप्ता,मेनुका लामिछाने,राकेश यादव,रामबाबु यादव,विपना चौधरी  तथा कर्मचारीहरु लगायतका उपस्तिथि रहेको थियोे ।

Leave a review

This will close in 0 seconds