उन्नत प्रविधिको विकास गरौं –मुख्यन्त्री यादव

साझेदारी दैनिक
248 पाठक संख्या

मुख्यमन्त्री सरोजकुमार यादवले उन्नत प्रविधिको विकास गर्न शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा भनेका छन् ।

मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरुलाई वैज्ञानिक खेतीका लागि उन्नत बाली एवं प्रविधिको विकासमा जोड दिएका हुन् । मधेश कृषि विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभालाई उनले सम्बोधन गरेका हुन् ।

मुख्यमन्त्री यादवले कृषिको मुख्य आधार क्षेत्र मधेश प्रदेशमा स्थापित कृषि विद्यालयले यस प्रदेशका किसानहरुलाई जिविकोपार्जनमुखी कृषि बाट व्यवसायिक एवं वैज्ञानिक कृषिमा रुपान्तरण गर्नका लागि जोड दिएका हुन् ।

प्रविधिको विकास गर्न उनले भनेका हुन् । मुलुक कृषि प्रधान रहेको जनाउदै उनले मधेश प्रदेशको मूल अर्थव्यवस्था नै कृषिमा आधारित रहेको जनाए । गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाँउदो प्रविधिको विकास गर्नुको विकल्प नरहेको उनले जनाए ।

कृषि क्षेत्रमा भै रहेको ह्रासलाई नियन्त्रण गर्दैै वैज्ञानिक कृषिका लागि विश्व विद्यालयले गर्ने अनुसन्धान लगायतको कार्यमा प्रदेश सरकार हरसम्भव तैयार रहेको उनले जानकारी दिए ।

कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेको उनले जनाए । यो यथार्थलाई स्वीकार्य गर्दै मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको उल्लेख गरे ।

दक्ष प्राविधिक उत्पादन गर्नुका साथै उन्नत बालीको विकास र प्रविधिमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्न उनले भने ।
तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरुको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय संचालन लगायतका कार्यमा आवश्यक पर्ने नीति नियमहरु पारित गरेको छ ।

विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री यादवको अध्यक्षतामा सो सभा भएको हो ।

सभामा मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुर , सभाका सदस्यहरु नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, जागेश्वर यादव, डा. प्रकाश कुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका नि.सचिव महेन्द्र महतो,प्रा. डा. कन्हैया प्रसाद सिह , उपकुलपति डा वैद्यनाथ महतो, रजिष्ट्रार भगवान ठाकुर सहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds