प्रादेशिक अस्पताल कलैयाको आईसीयू वार्डमा एसि बन्द,बिरामीलाई समस्या

संदिप प्रसाद यादव
1.6k पाठक संख्या

बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालको आईसीयू वार्डमा एसि बन्द अवस्था रहेको छ । अस्पतालमा एसी नचल्दा बिरामीहरु समस्यामा परेका छन् ।

जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका–६ मा रहेको जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल स्तरोन्नति भई प्रादेशिक अस्पतालमा रुपान्तरण भएको हो । अस्पतालको अवस्था दिन प्रतिदिन खस्किदै जाँदा हाल आएर अस्पतालको अवस्था लथालिङ्ग हुन पुगेको छ ।

अत्याधिक गर्मीका कारण विरामीहरुले आफ्नै घरबाट ल्याएका एउटा पंखाले सेवा लिइरहेका छन् । हप्तौं देखी एसि मर्मत नहुदा धेरै दिन देखि बसेका बिरामीहरुलाई अझ रोग लाग्ने जोखिम बढेको छ ।

बढी गर्मी भएका कारण आईसीयुमा रहेका विरामीहरुलाई घाउ आउने, गर्मी हुने र आईसीयू वार्डमा बस्न समेत गाह्रो भएको छ । विरामी मात्र होईन आईसीयू वार्डका कर्मचारीहरु पीडित भए पनि प्रमुखको दबाबका कारण काम गर्दै आएका छन् ।

यस्तै अस्पतालको आईसीयू वार्डमा सरुवा रोगका बिरामीहरुलाई पनि सँगै राख्ने गरेको पाइएको छ । यसैगरी अस्पतालमा बिरामी कुरुवाहरुको लागि बस्ने छुटै भवन हुँदा कुरुवाहरु आइसियू वार्डको गेट अगाडी बस्न र सुत्न बाँध्य भएको एक पिडित कुरुवाले बताएका छन् ।

अस्पतालमा कुरुवाहरुको लागि बस्ने छुट्टै व्यवस्था गर्न पटक–पटक अस्पताल समिति र प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत बस्ने व्यवस्था नभएको हुँदा कुरुवालाई राति अस्पतालमा बस्न धेरै कठिन हुने गरेको विरामीका कुरुवाहरुले गुनासो गरेका छन ।

केन्द्र र प्रदेश सरकारले समयमा अस्पतालमा जनशक्तिको पूरा गर्न नसकेको अवस्था छ । कर्मचारी अभावका कारण १८ घण्टा सम्म डाक्टर खटिने अवस्था सृजना समेत भएको छ । दिनहुँ ४ देखि ५ सय सम्म पुर्जी काटिने गरेको छ ।

हप्तामा ३ देखि ४ हजार सम्मको बिरामीको व्यवस्थापन गर्नु चानचुने कुरा नभएको प्रादेशिक अस्पताल कलैयाका अल काउन्टरका सतजीवन शर्माले बताए ।

आईसीयू वार्डमा एसी बनाउनलाई बाहिरबाट एक जना नयाँ टेक्निसियन बोलाएका छौँ,प्रादेशिक अस्पताल कलैयाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय कुमार गुप्ताले बताए ।

आईसीयू वार्डमा नयाँ एसी चल्दा चल्दै विग्रेको हप्तौं दिन पुगिसकेको छ । दुई वटा एसीमा एउटा एसी बनाउनलाई दिइएको छ । त्यो एसी बन्न सकिरहेको छैन र त्यो एसीलाई रिपलेस गर्नु पर्ने उनले बताए ।
अर्को एसी बन्द अवस्थामा रहेको छ ।

सबै एसी एक लवट बनाई सकेको थियौं,पुरै तयारीमा थियोे बीचमा कपर तार चोरेको कारण समस्या आएको र आईसीयू वार्डमा टेक्निसियनले छिटै एसी मर्मत गर्ने प्रयासमा रहेको उनले बताए ।

आफूहरुले कार्य तालिका भन्दा बढी नै काम गर्ने गरेको उनले बताए।

जिल्ला भरिका मानिस अस्पतालमा आउँछन् तर राति कुरुवालाई बस्ने ठाउँ नहुनु आफै लज्जास्पद रहेको अर्को सेवाग्राही प्रवीण यादवले बताउँछन् ।

आईसीयू वार्डमा एसि नचल्दा बिरामीहरु मारमा परेका अनिल मण्डलले बताए ।

सम्बन्धित निकायको ध्यान नगए अस्पतालको अवस्था अझै दयनीय बन्दै डामाडोल हुने स्वास्थ्य क्षेत्रका मानिसहरुको भनाई रहेको छ ।

Leave a review

This will close in 0 seconds