बारा निर्माण व्यवसायी संघको संयोजकमा होदा

संदिप प्रसाद यादव
1.5k पाठक संख्या

बारा निर्माण व्यवसायी संघका संयोजकमा होदा सहित सात सदस्यीय समिति चयन भएको छ ।

बारा निर्माण व्यवसायी संघका उपाध्यक्ष समीर मन्सुरको अध्यक्षतामा बसेको बैठकले बिहीबार होदा सहित सात सदस्यीय समिति चयन गरेको हो ।

निर्माण व्यवसायी संघ बाराका संयोजकमा नुरुल होदा सर्वसम्मतबाट चयन भएका छन् ।

त्यस्तै सदस्यमा सतिस कुमार जैसवाल, मदन जैसवाल, शेषनाथ कुशवाहा,मनोज कुमार,दिनेश साह र भोलाराम प्रसाद यादव चयन भएका हुन् ।

उक्त बैठकले नव गठन समितिले बिहिवारको मिति देखि संघका सम्पूर्ण काम काज गर्ने निर्णय गरेको छ ।

संघका पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको संयोजक होदाले बताए ।

समितिको सल्लाहकारमा सत्येन्द्र प्रसाद सिंह, लालबाबु साह, समीर मंसुर, सिकेन्द्रप्रसाद सरार्फ र रामप्रवेश प्रसाद जैसवाल चयन भएका छन् ।

उक्त बैठकमा पूर्व अध्यक्ष नुरुल होदा, पूर्व उपाध्यक्ष सत्येन्द्र प्रसाद सिंह,सह सचिव सतिस जैसवाल,सदस्य मदन जैसवाल,शेषनाथ कुशवाहा,प्रभु प्रसाद जैसवाल,लालबाबु साह,दिनेश प्रसाद जैसवाल,सुमन प्रसाद गुप्ता,सिकेन्द्र प्रसाद सरार्फ तथा सदस्यहरु लगायतको उपस्थिति थियो ।

Leave a review

This will close in 0 seconds