दुहुना भैसी,पिकअप र कपडा पर्सा प्रहरीले बरामद गरेको छ ।
बरामद सामाग्री २० लाख ९३ हजार मूल्य बराबरको सामाग्री बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिकां–२१ परवानीपुर चोक स्थितबाट ना.५ च ३३८६ नम्बरको पिकअपबाट दुहुना भैंसी २ वटा र पाडा १ वटा प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट भन्सार छली चोरी तस्करी गरी वीरगञ्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा भैंसी साहु बहुदरमाई नगरपालिका–५ बस्ने जोतनारायण यादवलाई प्रहरीले पक्राउ गरेकोे छ ।
वीरगञ्ज महानगरपालिका–३ छप्कैयाबाट भन्सार छली भित्राइएको चार लाख ५१ हजार बराबरको कपडा बरामद भएको छ ।
बरामद सामान र भैसीलाई आवश्यक कानुनी प्रकृया पुरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

