बिना सूचना नै खौराही सडक विस्तार गरेको छ – यादव

साझेदारी दैनिक
514 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुर निवासी उमेश यादवले कलैया उपमहानगरपालिकाले बिना सूचना नै खौराही सडक बिस्तार गरेको आरोप लगाएका छन्।

कलैयास्थित देवकीलाल धर्मशालमा बुधबार बिहान पत्रकार सम्मेलन गरी यादवले यस्तो आरोप लगाएका हुन्।

उनले कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले खौराही सडक बिस्तारको क्रममा बालीनालीमा क्षति पु-याएको बताए। उनले सडक बिस्तारको क्रममा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिन समेत माग गरे।

उनले आफ्नो जग्गामा लगाएको गहुँबालीमा समेत क्षति पु-याई सडक निकालिएको बताए।सोही क्रममा आफनो ठुलो दाई किशोरी यादव र नगर प्रमुख साहसंग वाद विवाद भएको पत्रकार सम्मेलनमा बताए।

नगर प्रमुख साहले आफ्नो ठुलो दाई किशोरी माथि जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता गराएको उनले बताए। उनले आफुहरु पनि नगर प्रमुख साह माथि जि.प्र.का बारामा मुद्दा दिएकोमा उक्त मुद्दा दर्ता नभएको गुनासो गरे।

उनले नगर प्रमुख साहको कार्यशैली राम्रो नरहेको बताए। छलफलको माध्यम बाट समस्याको सामाधान नगरी प्रहरी प्रशासनमा मुद्दा दर्ता गराएकोमा उनले आपत्ति प्रकट गरे।

Leave a review

This will close in 0 seconds