दुर्गा नमुना माविद्धारा विद्यार्थीलाई पुस्तक वितरण

साझेदारी दैनिक
साझेदारी दैनिक 608 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नं.७ बरेवा बैरियामा रहेको दुर्गा नमूना माध्यमिक विद्यालयले मंगलवार कार्यतालिका अनुसार कक्षा १० का सम्पूर्ण विद्यार्थीहरुलाई पाठयपुस्तक वितरण गरेको छ ।

यस्तो कोरोना भाइरसको विषम परिस्थितिमा विद्यार्थीहरुलाई शिक्षणमा सघाउनका लागि तथा लकडाउनका कारण घर बसेको समयको सदुपयोग होस भन्ने हेतुले उक्त पाठ्यपुस्तक वितरण गरेको विद्यालयका प्रधानाध्यापक मनोज यादवले जानकारी गराएका छन ।

विहान कक्षा १० का साधारण तर्फका एक सय ३२ जना, टेक्निकल तर्फका ४६ जन र अंग्रेजी माध्यमका ३२ जना गरी दुई सय १० बिद्यार्थीलाई एक एक सेट पाठ्यपुस्तक बितरण गरिएको विद्यालयले जनाएको छ ।

कोरोना भाइरस ( कोभिड १९) को सुरक्षा ब्यवस्थाको लागि विद्यालयले सो अवसरमा सामाजिक दुरी कायम गरी साबुन पानीले हात धुवाउने, सेनिटाइजेसन गराउने,मास्क नलगाएको बिद्यार्थीलाई निशुल्क मास्क दिने कार्य गरि उक्त पाठ्यपुस्तक वितरण गरेको शिक्षक नरेन्द्र कुमार निधिले जानकारी गराए।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review