नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको ११ औं जिल्ला अधिवेशन सोमवारदेखी कलैयामा शुरु भएको छ ।
कलैया स्थित करण पार्टी प्यालेसमा आयोजित उक्त जिल्ला अधिवेशनको (एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले जिल्लाले सबल सक्षम नेतृत्व पाओस भनेर शुभकामना दिएका थिए । नेतृत्व चयन गर्ने केन्द्रका कोई नेता खेलाडी हैन रेफ्री रहेको बताए ।उनले एमाले विकास निर्माणको चैम्पियन बन्नुपर्नेमा जोड दिए ।
तराई मधेसलाई अगाडी बढाउन मधेश प्रदेशकै मन्त्री भएकोले अब मधेश प्रदेशमा सम्वृद्धिको बाटो खुलेको उपाध्यक्ष पोखरेलले जोड दिए । एमालेले बहुमत नल्याए सम्म देशको अवस्था बदल्न नसक्ने उहाको तर्क थियो । एमालेले बहुमत ल्याए देशमा राजनीतिक स्थिरताको लागि एमालेले सुनिश्चितता गर्ने बताएका छन ।
दुई देशले घेरिएर रहेको नेपाललाई सुरक्षित राख्न नेकपा एमाले अगाडी बढेको नेता पोखरेलले बताए । उनले मिचिएका सीमाहरूलाई व्यवस्थित गर्न तर्फ लागि परेको बताए । मिसन २०८४ को लागि नेकपा एमाले अहिले देखि नै युवादेखि बृद्ध सम्मलाई एकत्रित गर्दै अगाडी बढेको उनले बताए ।
त्यस्तै अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै भौतिक तथा पुर्वाधार मन्त्री रघुवीर महासेठले २७० वर्षमा ६० किलो मिटर रोड बनाए तर नेकपा एमाले सरकार ४२ महिनामा ५ हजार ५ सय किलोमिटर रोड निर्माण गरेको महासेठले बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी मन्त्री एवम् पोलिटब्युरो सदस्य ज्वाला साहले ११ औं जिल्ला अधिवेशनमा शुभकामना दिदै जिल्लाले कमाण्ड कन्ट्रोल गर्ने नेतृत्व पाओस उनले बताईन ।
किसानले मलखाद,बिउको लागि भोग्दै आएको समस्या अत्यन्त गर्न पहल गर्ने कृषि मन्त्री साहले बताईन । किसानलाई सिचाइको लागि सुनकोशी डाईभर्सनको सुरूवात गर्ने कार्य अगाडी थालेको बताईन । ३० हजार हेक्टर पानी पुर्याउने कामको प्रक्रिया अगाडी बढाएको छु ।
नेपाल कम्युनिस्ट पार्टी एमाले बाराका अध्यक्ष विनोद साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा नेकपा एमाले पार्टी मधेस प्रदेशका सचिव मनोज पौडेल,मधेस प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्री सरोज यादव,मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अछुत मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको विशिष्ट अतिथि नेकपा एमाले पार्टीका केन्द्रिय सचिव योगेश भट्टराई,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,कृषि तथा पशुपक्षी मन्त्री ज्वाला साह,पर्साका ईन्चार्ज अच्युत मैनाली,केन्द्रिय सदस्य बलविर चौधरी,बारा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य रबिन्द्र श्रेष्ठ,३ ख काप्रदेश प्रदेश सभा सदस्य महमद समिर,पुर्व मन्त्री एकवाल मिया,केन्द्रिय सदस्य राजकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमाले बाराकी टिना सुवेदीले स्वागत मन्तव्य गरेकी थिइन् भने सो कार्यक्रमको संचालन जिल्ला सचिव अध्यानन्द पाण्डेले गरेका थिए ।
एमाले बाराको मंगलवार हुने बन्द सत्रले एमाले बाराको नयाँ नेतृत्व चयन गर्ने छ । पार्टीको नयाँ नेतृत्वका लागि सचिव अध्यानन्द पाण्डे, नेतृ टिना सुवेदी, एम समिउल्लाह लगायतकाले दावेदार प्रस्तुत गरिरहेको एक नेताले साझेदारी दैनिकलाई बताएका छन ।


