कार्यपालिका सदस्यले धोबिनीमा अधिकृत कुटे,कर्मचारीद्वारा गाउँपालिकाको कामकाज ठप्प

राम मण्डल
339 पाठक संख्या

पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन् ।

पालिकाका कार्यपालिका सदस्यले उनलाई कुटपिट गरेको भन्दै कर्मचारीहरुले गाउँपालिकाको कामकाज ठप्प पारेका छन ।कुटपिटको बिराधमा कर्मचारीहरुले बुधबार आकस्मिक बाहेकका गाउँपालिकाको सेवा बन्द गरेका हुन् ।

धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहलाई गाउँ कार्यपालिका सदस्य दिनेश प्रसादले कुटपिट गरेको पालिकाका कर्मचारीहरुले आरोप लगाएका हुन् ।

मँगलबार दिउँसो दुई बजेको समयमा धोबीनी गाँउपालिका,गाँउ कार्यपालिकाको कार्यालय,लङ्गडीमा गाँउपालिका अध्यक्षको कार्यकक्ष भित्र गाँउ कार्यपालिका सदस्य दिनेश प्रसादले आफुलाई गाली गलौज गर्दै कुटपिट गरेको अधिकृत साहले जनाएका हुन् ।

दिनेशले कलर घाँटी समाति सर्ट च्याती लछारपछार गरी कुटपिट गरि आफुलाई घाईते बनाएको उनको भनाई छ ।

कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनेशले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको साहको आरोप छ ।

पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच भएको बिबाद बारेमा बैठक गरिरहेको गाउँपालिकाका अध्यक्ष मदन चौहानले बताए । अधिकृत साहले पनि आफु जिल्ला प्रहरीमा बैठकमा भएको बताएका थिए ।कुटपिटकै सम्बन्धमा दुबै पक्षबीच बैठक भएको थियो ।

Leave a review