अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल सिमराको नवौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले प्रदिप गिरीको अध्यक्षतामा १७ सदस्सीय कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा युवराज खनाल,उपाध्यक्षमा रामकिशोर झा,सचिवमा ओम प्रकाश प्रसाद,कोषाध्यक्षमा मिन बहादुर चौधरी,सह सचिवमा जित बहादुर श्रेष्ठ र राजु प्रसाद अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बिमला श्रेष्ठ,तारा लामा,लक्ष्मीनारायण चौधरी,रुद्र अवस्थी लगायतका रहेका छन् ।
कार्यक्रममा तीन सय ५० भन्दा बढी श्रमिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मजदुर नेता बेनि तिमिल्सिना,रामपुकार कामती,कृष्णप्रसाद पुडासैनी,डि.बि.थापा,लिला नेपाल लगायतको सहभागिता रहेको थियो ।

