साना किसान कृषि सहकारी संस्था लि सिमराको एकदिने सहकारी शिक्षा तथा अन्तर समुह सुदृढीकरण तालिम सम्पन्न भएको छ ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यलय हेटौडाको सहयोगमा संस्थाले आफ्ना अन्तरसमुह अध्यक्षहरुका लागि विहीवार सिमरामा एक दिने तालिम सञ्चालन गरेको हो ।
सहकारी संस्थाकी अध्यक्ष कुमला कुमारी रिमालले लघुबित्त सहकारी बैंकले सहकारीका अन्तरसमुह सदस्यहरुलाई समय समयमा तालिम आयोजना गर्नका लागि सहयोग गर्दै आएको बताएकी छिन् ।
तालिममा सञ्चालक समिति सदस्यहरु बाहेक ६० जना सेयर सदस्य महिलाहरु सहभागी भएका थिए ।
२०७३ सालमा दर्ता भएर विभिन्न कारणले ४ वर्षअघि मात्रै सञ्चालनमा आएको साना किसान कृषि सहकारी संस्था सिमरामा करिव २ हजार सेयर सदस्य छन् ।
करिव १८ करोडको आर्थिक कारोवार रहेको संस्थाको दायित्व र सम्पति गरेर २१ करोड रहेको छ । साथै १ करोड ७३ हजारको सेयर पुँजी र सदस्यहरुको वचत करिव ५ करोड रहेको अध्यक्ष रिमालले जनाएकी छिन् ।
संस्थाले पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, निशुल्क आँखा परीक्षण,प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलको टाँगियावस्तीमा बाघले बाख्रा खाएको किसान परिवारलाई समेत आर्थिक सहयोग गर्दै आएको छ ।
सो सहकारी संस्थाको कार्यक्षेत्र भने जीतपुर सिमरा उपमहानगरको २४ वटै वटाहरु रहेका छन् ।

