नेपाल प्रेस युनियन बाराद्वारा पत्रकारको हैसियत नभएका व्यक्तिहरुको बीमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण

साझेदारी दैनिक
577 पाठक संख्या

कलैया । नेपाल प्रेस युनियन बाराद्वारा पत्रकारको हैसियत नभएका व्यक्तिहरुको बीमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

आम सञ्चार प्राधिकरण कार्यालय मधेश प्रदेश जनकपुरद्वारा हालै बारा जिल्लामा सञ्चालित मिडियाहरु र नेपाल पत्रकार महासंघ,बारा शाखाले गरेको पत्रकार बीमा कार्यक्रममा गम्भीर अनियमितता देखिएको प्रेस विज्ञप्तिमा लेख्दै युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पत्रकार हितको नाममा गरिएको उक्त बीमा कार्यक्रममा ६०% भन्दा बढी व्यक्तिहरू नेपाल पत्रकार महासंघ बारा शाखा तथा विभिन्न मिडियाहरुले गरेको सिफारिसमा पत्रकार नभई पनि बीमित गरिनु गम्भीर आपत्तिको विषय रहेको विज्ञप्तिमा लेखिएको हो।

उक्त कार्यले साँचो अर्थमा पत्रकारिता गरिरहेका पेशागत पत्रकारहरूको अधिकार कुण्ठित भएको छ र यसले क्षेत्रप्रति सञ्चार नै नकारात्मक सन्देश दिएको प्रेस विज्ञप्तिमा लेखिएको छ। गैर–पत्रकार व्यक्तिहरूको बीमा तत्काल खारेज गर्न विज्ञप्तिमा माग गरिएको छ।

उक्त प्रक्रियामा संलग्न जिम्मेवार व्यक्तिहरू तथा मिडिया र पत्रकारमहासंघको सिफारिसमा छानबिन गरी कारबाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ।

पत्रकारको सही परिचय र प्रमाणको आधारमा मात्र बीमा प्रक्रिया अगाडि बढाउन माग गरिएको छ। सम्बन्धित निकायसँग गम्भीर ध्यानाकर्षण गराउँदै,यथाशीघ्र यस विषयमा आवश्यक कदम चालिने आशा प्रेस युनियन बाराले राखेको छ।

बाध्य भएर युनियनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने समेत चेतावनी विज्ञप्तिमा दिइएको छ।

Leave a review

This will close in 0 seconds