स्वास्थ्य क्षेत्रका विद्यमान समस्यालाई सुधार गर्ने पहिलो प्राथमिकतामा : स्वास्थ्यमन्त्री यादव

साझेदारी दैनिक
380 पाठक संख्या

संघीय सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले देशभरका स्वास्थ्य क्षेत्रका विद्यमान समस्यालाई सुधार गर्ने आफनो पहिलो प्राथमिकतामा रहेको बताए ।

स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका मन्त्री यादवले शनिवार पर्साको वीरगञ्जमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

देशभरका सरकारी स्वास्थ्य संस्थामा सुधार देखिने गरि काम गर्ने हदैसम्म कोशीश गर्ने बताउदै आफुले मन्त्री पदको पदभार ग्रहण गरेकै दिन पहिलो निर्णय नै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको हुँ।’ मन्त्री यादवले बताएका छन।

वीरगञ्ज स्थित नारायणी अस्पतालमा आयोजित सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले वीरगन्जको नाारायणी अस्पतालका लागि विशेष प्याकेज कै रुपमा आगामी नीति तथा कार्यक्रममा समावेश गराएको जानकारी गराए ।

उनले नारायणी अस्पतालको भौतिक संरचना,उपकरण र जनशिक्त थपमा लगायतको काम गर्न १ अर्ब रुपैयाँको बजेट समावेश गराएको पनि सो अवसरमा मन्त्री यादवले बताए ।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर शैलेश ठाकुरको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रममा नारायणी अस्पतालका मेसु डाक्टर चित्तरन्जन साह,नेशनल मेडिलक कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनबाज अन्सारी,जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर लगायतले मन्त्री यादवलाई स्वागत तथा सम्मान गरेका थिए ।

Leave a review