बारा कुखुरा व्यवसायी संघको अध्यक्षमा गुप्ता सर्वसहमत चयन

संदिप प्रसाद यादव
219 पाठक संख्या

बारा कुखुरा व्यवसायी संघको चौथो अधिवेशनबाट जिल्ला अध्यक्षमा गुप्ता सर्वसहमतबाट चयन भएका छन् ।

संघको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुदेश कुमार गुप्ता सर्वसहमतबाट चयन भएका हुन् ।

संघको कलैयामा सम्पन्न अधिवेशनले गुप्ताको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नव निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा कुन्दन कुमार घिमिरे,उपाध्यक्षमा सन्तोष दहाल,महासचिवमा मकबुल अन्सारी,कोषाध्यक्षमा श्याम सुन्दर कुशवाहा र सचिवमा राजेश कुमार सिंह चयन भएको संघले प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।

यसैगरी समितिको सदस्यमा रामबाबु यादव,देवराज चौगाई,महम्मद हामिद अन्सारी,मनि देवी,मोबिला खातुन,सुनिता देवी यादव,जय प्रकाश साह,रसुल आजम अन्सारी,जागेश्वर प्रसाद कुशवाहा र राम प्रवेश यादव चयन भएका छन् ।

सदरमुकाम एवम् कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ स्थित नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा सम्पन्न बारा कुखुरा ब्यवसायी संघ बाराको चौथो जिल्ला अधिवेशनको शनिवार कृषि तथा पशुपन्छी बिकास मन्त्री ज्वाला साहले दिप प्रज्वलन गरि उदघाटन गरेकी थिइन् ।

हाल संघमा ३ सय ७० जना सदस्य रहेको बारा कुखुरा ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष कुन्दन घिमिरेले जानकारी गराए ।

Leave a review