गरुडा:करण कुमार मिश्र/रौतहटको वृन्दावन नगरपालिका–६ स्थित एक विद्यालयको ३३ कोठे भवनको मंगलबार एक कार्यक्रमवीच शिलान्यास गरीएको छ ।
स्थानीय बतहु माध्यमिक विद्यालय हर्षाहामा विद्यालय भवनको शिलान्यास गरिएको हो ।
संघीय समपुरक अनुदानको सहयोगमा ५ करोड ३० लाख ५१ हजार ४१६ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त साढे तीन तल्ले ३३ कोठे विद्यालय भवनको नगर प्रमुख विनोद राउत कुर्मी र संविधान सभा सदस्य रामकुमार भट्टराईले संयुक्त रूपमा शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै संविधानसभा सदस्य भट्टराईले शैक्षिक स्तर खस्कदो अवस्थामा रहेको रौतहट जिल्लालाई शैक्षिक स्तर उकास्त यस्ता परियोजनाले मदत पुग्ने बताएका छन।
सो अवसरमा शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै नगर प्रमुख कुर्मीले गुणस्तरीय शिक्षा दिन शिक्षक,अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताएका छन। उनले बृन्दावनमा शिक्षा क्षेत्रको महत्वपूर्ण परियोजना सुरु भएको बताएका छन ।
यसैगरी सो अवसरमा विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल,संविधान सभा सदस्य रामकुमार भट्टराई,स्थायी समिति सदस्य नेत्री कल्याणी खड्का, नगरप्रमुख बिनोद प्रसाद कुर्मी लगायतको अथक प्रयासमा एकैपटक यत्रो ठुलो कार्य हुन लागेको जानकारी गराए ।
विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन,नगरवासी,नगरपालिकालगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले बताएका छन ।

