बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
204 पाठक संख्या

बारा प्रहरीले बैकिङ कसुर मुद्दाका एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत पर्साबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले बैकिङ कसुर मुद्दामा अदालतबाट ५ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना पाएका बाराको परवानिपुर गाँउपालिका वडा नम्बर १ रहरिया डिह टोल बस्ने अन्दाजी ६० वर्षीय अमिरी राउत अहिरलाई पक्राउ गरी पर्सा जिल्ला अदालत वीरगंजमा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds