पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय तालाबन्दी

रञ्जन यादव
427 पाठक संख्या

आम ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय र राष्ट्रिय बिमाको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् ।

संस्थाले आन्तरिक ढुवानी बिमा वापतको रकममा अनियमितता र छानविनको माग गर्दै ढुवानी व्यवसायी तथा स्थानीयले तालाबन्दी गरेका हुन् । २०६८ सालदेखि आन्तरिक ढुवानी बीमा बापत संकलन गरेको रकम मध्ये ८० करोड भन्दा धेरै रकम पेट्रोलियम ब्यवसायी संघ नेपालका महासचिव आत्माराम थापाले हिनामिना गरेको आरोप लागेको छ ।

आन्तरिक ढुवानी बिमा बापत संकलन गरेको रकम कागजको चिर्कटोमा उठाउने,उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखा परीक्षण गर्दा बेरुजु देखिने,मूल्य अभिवृद्धि कर र अन्य कर समेत हिनामिना गरेको आरोप छानविन गर्न माग गर्दै ढुवानी व्यवसायीले विज्ञप्ति जारी गरेको छ ।

यो घट्नाको छानबिनको लागि नेपाल बिमा प्राधिकरण,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पत्ती शुद्धिकरण तथा अनुसन्धान, राजस्व अनुसन्धान बिभाग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल आयल निगमको केन्द्रिय कार्यालय र संघीय संसद प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिमा छानबिनको लागि उजुरी परेको छ । तर हालसम्म कुनै निकायले यसको छानबिन नगरेको जारी बिज्ञेप्तिमा जनाईएको छ ।

आम ढुवानी व्यवसायीहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ को कार्यालय तथा नेपाल आयल निगम, मधेस प्रदेशको कार्यालय अमलेखगञ्जलाई समेत बोदार्थ दिएका छन् ।

ढुवानी व्यवसायीले तालाबन्दी गरेको केही समयमै प्रहरीले तालाबन्दी तोडेको थियो । ढुवानी व्यवसायीले भने अनियमितताको छानबिन गरी सत्यतथ्य बाहिर नआएसम्म चरणबद्ध आन्दोलन गर्ने आम ढुवानी व्यवसायीहरुले बताएका छन् ।

Leave a review

This will close in 0 seconds