Sajhedari Daily
Latest News from Nepal

लैङ्गिक हिंसा नियन्त्रण गर्न कार्ययोजना तयारका लागि गोष्ठी

रञ्जन यादव /
सहज परियोजनाले बाराका न्यायिक समिती , प्रहरी र नागरिक समाजवीच सहज बातावरण सिर्जना गर्न सिमरामा कार्ययोजना बनाईएको छ ।

लैङ्गिक हिंसा न्युुनिकरण गर्न यस क्षेत्रसँग सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीवीचको दुुरी कम गर्न स्थानीय सरकार, समुुदाय र नागरिकको सहकार्यतामा कार्ययोजना बनाईएको आयोजक संस्थाले जनाएको छ ।

समुुदायमा हुुने गरेको लैङ्गिक हिँसाको घट्नाहरुमा सेवा प्रदायक र सेवा ग्राही दुुबैलाई सहज हुुने बाताबरण बनाउँने बिभिन्न सुुचकको बिषयमा छलफल भएको सहज परियोजनाका कार्यक्रम अधिकृत निरमा चौधरीले जानकारी दिईन ।

न्यायिक समिति, सुुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिहरुलाई उनीहरुको क्षेत्रको कार्यको अंकको माध्यमबाट स्वयम मुुल्याङ्कन गर्न लगाईएको थियो । न्यायीक समिति, प्रहरी र नागरिक समाजले संयुुक्त रुपमा बनाईएको कार्ययोजना आआफनो क्षेत्रमा लागुु गर्ने सहभागिहरुले प्रतिबद्धता जनाएका छन ।

युुकेएडको आर्थिक सहयोग ईन्टरनेसनल भिएसओ नेपाल र ईन्टरनेशनलको साझेदारीमा समग्र जनउत्थान केन्द्रद्धारा सहज परियोजना सञ्चालनमा रहेको छ । कार्यक्रममा बाराका पाँचवटा स्थानीय तहहरु जीतपुुरसिमरा उपमहानगरपालिका ,कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, प्रसौनी गाउँपालिका र परवानीपुुर गाउँपालिकाका न्यायिक समिति, प्रहरी र नागरिक समाजका अगुुवाहरुको सहभागिता रहेको जीतपुुरसिमरा उपमहानगरपालिकाको महिला अधिकृत सिमा यादवले जानकारी दिईन ।

Comments are closed.