खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालिन योजना मधेशका लागि आवश्यक : मुख्यमन्त्री यादव

साझेदारी दैनिक
256 पाठक संख्या

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाउन मधेशका लागि आवश्यक रहेको बताएका छन् ।

संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा धनुषाको लालगढमा सोमबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले मधेशको दक्षिणी भूभागमा केही बर्ष यता पानीको सतह घटेको बताएका छन् ।

उनले सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाए । उनले दुबै खाले योजनालाई अगाडि बढाउन संघीय सरकारलाई आग्रह गरे ।

संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानी मध्ये केही पानीलाई प्रशोधन गरी मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद व्यक्त गरे ।

मुख्यमन्त्री यादवले योजना सराहनीय रहेको जनाएका हुन् । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध रहेको जनाउदै यो योजना पूरा हुन धेरै समय लाग्ने जनाए । तत्कालीन योजना अघि बढाउन आवश्यक रहेको जनाउदै सहयोग गर्न आग्रह गरे ।

मधेशका चापाकलहरु सुकिरहेको उनले जनाए । तत्कालीन योजनाका लागि संघ सरकारसंग उनले आग्रह गरे ।

संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको अध्यक्षतामा सो कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्रतिनिधि सभा महिला,बालविकास तथा समाजिक समितिका सभापति किरण साह,पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव,मधेश सरकारका उर्जा,खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवार लगायतका बक्ताहरुले खानेपानी सबैलाई आवश्यक रहेको बताएका थिए ।

वक्ताहरुले मधेशमा खानेपानी आपूर्तिको अवस्था र अगामि रणनीति बारे धारणा राखे । गोष्ठिमा खानेपानी तथा ढ्ल निकास बिभागका निर्देशक कमलराज श्रेष्ठ्ले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले सुन कोशी मरिन डाईभर्सनको पानी मध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषा देखि पर्सा सम्म खानेपानी सप्लाई गर्ने उल्लेख गरे ।

प्रदेशको दीर्घकालिन समाधान गर्न सकिने उनले कार्यपत्रमा लेखेका छन् । परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैया लागत अनुमान गरिएको छ ।

Leave a review

This will close in 0 seconds